प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 09:28:20 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु Prabhu Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज कार्तिक २७ गते अन्तिम दिन रहेको छ । बैंकले कार्तिक २१ गतेदेखि १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो  । जस मध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र बाँकि र ६ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि गरिने बैंकले जनाएको छ  ।

सर्वसाधारणलाई बिक्रि गरिने ४ लाख कित्ता मध्ये २० हजार कित्ता सामुहिक लगानी कोषलाई बिक्रि गर्नको लागि छुट्याईएको छ  ।  आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।  

 ' प्रभु बैंक डिबेन्चर २०८६' दिइएको १० बर्षे अवधिको यस ऋणपत्रमा १०.२५ प्रतिशत ब्याज पाइने छ । बैंकले ऋणपत्र निष्काशन गर्नको लागि  सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved