सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 08:54:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज मङ्सिर १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले कार्तिक २० गतेदेखि ऋणपत्र निष्काशन गरेको हो । 

बैंकले एक हजार अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो । ७ बर्षे अवधिको यस ऋणपत्रमा अर्ध बार्षिक रुपमा भुक्तान हुने गरी वार्षिक १०.२५ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ । बैंकले १२ लाख कित्ता बराबरको  एक अर्ब बिस करोडको ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्ने छ ।  बाँकि १८ लाख कित्ता  बराबरको  एक अर्ब अस्सी करोडको ऋणपत्र परिपत्र विधि अर्थात् प्राइभेट प्लेसमेन्ट बाट संस्थागत÷व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिने बैंकले जनाएको छ । यो मध्ये ६० हजार कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ । 

 ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३,००,००० कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर  व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले  जनाएको  छ ।  

यस ऋणपत्र निष्काशनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।  यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ । ऋणपत्रले केयर एनपी ए माइनसको रेटिंग पाएको छ जसले न्युन कर्जा जोखिम जनाउछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved