![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
एनएमबि क्यापिटल NMB Capital Ltd ले डेढ लाख कित्ता बढी ऋणपत्र लिलाम गर्ने भएको छ । क्यापिटलले एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ को स्वामित्वमा रहेको २ लाख ७४ हजार कित्ता ऋणपत्र लिलाम गर्न लागेको हो ।
उक्त फण्ड कार्तिक २ गते परिपक्कभी खारेज भईसकेको छ। सामुहिक लगानी कोष नियमावली अनुसार फण्ड परिपक्व भएपछि खारेज गरिएको हो । असोज ३० गते बिहिबार नेप्सेमा अन्तिम कारोबार भई कायम हुने इकाईधनीले मात्र योजना खारेजीपछिको प्रतिफल पाउने जनाएको छ ।
फण्ड खारेज भएसंगै क्यापिटलले त्यस अन्तर्गत रहेको विभिन्न ५ बैंकको ऋणपत्र लिलाम गर्ने भएको हो । इच्छुकहरुले मङ्सिर २६ गतेसम्म लिलाममा भाग लिन सक्ने छन् । लिलामको आवेदन गर्दा न्युनतम १ हजार कित्ता वा सो भन्दा बढीको कित्ताको लागि आवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ। क्यापिटलले ऋणपत्रको लागि न्युनतम मूल्य समेत कायम गरेको छ ।