उच्च ब्याज दिने कृषि विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2020 | 09:55:51 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज माघ १७ गते अन्तिम दिन रहेको छ । बैंकले माघ १४ गतेदेखि एक हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँले हुन् आउने  २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो  । 

 कुल २५ कित्ता मध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई छुट्याइएको १० लाख कित्ताबाट ५० हजार कित्ता सम्हुक लगानी कोषलाई बाँडफांड भईसकेको बैंकले जनाएको छ। 

यो ऋणपत्र ७ बर्षे अवधिको हुने र यसमा   १०.३५ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ । ऋणपत्र जारी गर्न  बैंकले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्ताको लागि आवेदन गर्नु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved