नविल बैंकको ऋणपत्र चैत २ देखि, १० प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 09:52:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नविल बैंक लिमिटेड Nabil Bank Limited ले  चैत २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ  । कम्पनीले १० प्रतिशत व्याजदरमा सात वर्षे अवधिको  ऋणपत्र विक्री खुला गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजारमा २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले सो मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरमा र ८ लाख कित्ता (४० हजार सामुहिक लगानी कोषलाई बाँडफाट गरीएको ) सर्वसाधारणलाई चैत ५ गतेसम्म निष्कासन गर्ने छ । आवेदकहरुले ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले ऋणपत्र छिटो अवधीसम्म विक्री नभएमा ढिलोमा चैत १६ गतेसम्म विक्री खुला गर्नेछ । बैंकको ऋणपत्रको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 ऋणपत्रलाई इक्रा नेपाले इक्रा एल एए माइनस दिएको छ । यसले न्युन क्रेडिट जोखिम भएको पनि जनाउछ। बैंकको ऋणपत्र आश्वा सदस्य भएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । बैंकको चुक्ता पुँजी ९ अर्व १ करोड १८ लाख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved