नविल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, संस्थालाई पनि बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 09:41:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नविल बैंक लिमिटेड Nabil Bank Limited को ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ  । बैंकले चैत २ गतेदेखि छिटोमा ५ गतेसम्म विक्री खुला गरी ऋणपत्रको आवेदन माग गरेको थियो । सो अवधिमा पुरै आवेदन नपरेपछि आवेदन दिने म्याद थप भएको हो ।

अब इच्छुक लगानीकर्ताले चैत १६ गतेसम्म आवेदन दिन सक्ने छन् । यस संगै आजबाट संस्थाहरुले पनि आजदेखि आवेदन दिन पाउने भएका छन् । कम्पनीले १० प्रतिशत व्याजदरमा सात वर्षे अवधिको  ऋणपत्र विक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजारमा २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। बैंकले सो मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरमा र ८ लाख कित्ता ९४० हजार सामुहिक लगानी कोषलाई बाँडफाट गरीएको ० सर्वसाधारणलाई चैत ५ गतेसम्म निष्कासन गरेको हो  ।

आवेदकहरुले ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

ऋणपत्रलाई इक्रा नेपाले इक्रा एल एए माइनस दिएको छ । यसले न्युन क्रेडिट जोखिम भएको पनि जनाउछ। बैंकको ऋणपत्र आश्वा सदस्य भएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । बैंकको चुक्ता पुँजी ९ अर्व १ करोड १८ लाख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved