
नेपाल इन्भेष्टमेण्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। यसका लागि बैंकले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ।
बैंकले आरविविलाई निष्काशन तथा विक्री प्रबन्धक सहित ऋणपत्र निष्काशनको डिबेञ्चर ट्रष्टीमा समेत नियुक्त गरेको छ। यससम्बन्धि सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र आरविविको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन।
बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्रि गर्न लागेको हो। यसमध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ। ७ बर्षे अवधिको यस ऋणपत्रमा बैंकले बार्षिक १०.२५ प्रतिशतका दरले ब्याज दिने जनाएको छ।