
सिटिजन्स बैंक Citizens Bank International Limited को ऋणपत्र बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज शुक्रबार ऋणपत्र बाँडफाँड गरेको हो ।
बैंकले फागुन २० गतेदेखि चैत्र ४ गतेसम्म १० दशमलव २५ प्रतिशत व्याजदरमा १० वर्षे अवधिको २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गरेको थियो । बैंकले प्रतिकित्ता १ हजारको २५ लाख कित्ता ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणलाई र १५ लाख कित्ता विभिन्न संघ संस्थालाई विक्री खुला गरेको थियो । सर्वसाधारण मध्येबाट ५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको थियो भने १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई बिक्री गरिने बैंकले जनाएको थियो ।
ऋणपत्रमा ३१७ जनाले आवेदन दिएकोमा सर्वसाधारण तर्फका लगानीकर्ताले माग गरे बमोजिम नै व्यक्तिगत तबरबाट आवेदन दिनेलाई आंशिक रुपमा ऋणपत्र बाँडफांड गरिएको बैंकले जनाएको छ । आवेदन नपरेको पैसा आगामी आइतबारदेखि फिर्ता हुने बैंकले जनाएको छ । बैंकले आईपीएस मार्फत सिधै आवेदनकर्ताको बैंक खातामा पैसा जम्मा हुने जनाएको हो ।