सिद्धार्थ बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 06:24:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति मागेको हो । बैंकले साउन १८ गते बोर्डमा आवेदन दिएको थियो । 

जस मध्ये १२ लाख कित्ता सर्बसाधारणलाई निष्काशन हुनेछ भने १८ लाख कित्ता 'प्राइभेट प्लेसमेन्ट' अर्थात् व्यक्तिगत टावरमा बिक्रि हुने छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।  ऋणपत्र निष्काशनको लागि बैंकले एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

बैंकले यस अघि २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved