
प्रभु बैंक Prabhu Bank Limited ले निष्कासन गरेको ऋणपत्र बाँडफांड भएको छ । बैंकले साउन १९ गतेदेखि निष्काशन गरेको एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आज बिहिबार बाँडफांड भएको हो ।
बिक्रि प्रबन्धक नविल ईन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार ऋणपत्रमा २,३०८ जना आवेदकहरुबाट कूल सात लाख तीस हजार तीन सय पैँसट्ठी कित्ताको लागि आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ४१७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा तीन लाख एकाउन्न हजार दुई सय एकत्तिस कित्ता ऋणपत्र विभिन्न कारणवश अयोग्य भएको र रितपूर्वक १,८९१ जना योग्य आवेदकहरुलाई मात्र निजहरुले माग गरे बमोजिम नै ऋणपत्र बाँडफाँड गरिएको छ । रितपूर्वक १,८९१ जना योग्य आवेदकहरुलाई कूल तीन लाख उनासी हजार एक सय चौँतिस कित्ता ऋणपत्र बाँडफाँड भएको हो ।
व्यक्तिगत तवरबाट बाह्र लाख कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३ लाख असी हजार आठ सय छयसट्ठी कित्ता समेत गरी कूल पन्ध्र लाख असी हजार आठ सय छयसट्ठी कित्ता ऋणपत्र बाँडफाँड गरिएको क्यापिटलले जनाएको हो ।
सर्वसाधारण समूहबाट सैँतीस करोड एकानब्बे लाख चौँतिस हजार रुपैया र व्यक्तिगत तवरबाट एक अर्ब अन्ठाउन्न करोड आठ लाख छयसट्ठी हजार रुपैया निष्काशन रकमका लागि ऋणपत्र बाँडफाँड गरिएको क्यापिटलले जनाएको हो ।
८ बर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी गर्ने छ ।