
सिद्दार्थ बैंकले ऋणपत्र निष्काशनको लागि अनुमति पाएको छ । बैंकले एसबिएल डिवेन्चर २०८४ नामको ७ बर्ष अवधिको ८ ।५ प्रतिशत ब्याजदर भएको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नलाई नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
बैंकले निष्कासन गर्न लागेको ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यात्तिगत तवरबाट बिक्री गर्नलाई छुट्याएको छ । ऋणपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले प्रतिकित्ता १००० रुपैयाँमा ऋणपत्र किन्न सक्नेछन ।
त्यस्तै ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासनको अनुमती माग्दै नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ । बैंकले ८ ।५ प्रतिशत ब्याजदर भएको १० बर्षे अवधिको ग्लोबल आइएमई बैंक २०८६८७ नामक डिवेन्चर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो ।
बैंकले दर्ता गरेको ३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र १८ लाख कित्ता व्यक्तिगत तवरमा निष्कासन गर्नेछ। ऋणपत्र निष्कासनका लागि बैकले बिक्री प्रबन्धकमा सेन्चुरी क्यापिटललाई नियुक्त गरेको छ।