प्रभु बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 03:56:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले डिबेञ्चर निष्काशन तथा बिक्री प्रबन्धकका लागि मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । बैंकले  एक हजार रुपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधिकालागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर-२०८७” निष्काशन गर्न सो कम्पनीलाई नियुक्त गरेको हो । 

यसै सम्बन्धमा बिहीबार बैंक र कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका सम्झौतामा बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कम्पनीका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका हुन् । 

बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर-२०८७” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको जनाएको छ । २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved