
नबिल बैंक Nabil Bank Limited को ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ । नेप्सेमा "८% नबिल डिबेन्चर २०८५" काे २२ लाख ७ हजार एक सय ८ कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।
बैंकले साउन १० गते आईतबारबाट साउन २४ गतेसम्म ७ वर्ष अवधिको ८ प्रतिशत व्याजदर रहेको नबिल डिबेन्चर नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे ।
जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएकाे हाे । सर्वसाधारणका लागि छुट्याइएकाे कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे ।