एभरेष्ट बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 08:07:32 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले आज माघ ३ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । कम्पनीले १,००० अंकित दरको २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो  । 

जस मध्ये १२ लाख कित्ता निजि तबरले बिक्रि गरिने र ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

यस ऋणपत्रमा छिटोमा माघ ६ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्ममा आवेदन दिन सकिने छ । ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि दिन सकिने छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर २० गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved