ऋणपत्र निष्काशनको लागि बैंक अफ काठमाण्डूले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2022 | 06:12:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबब्धक चयन गरेको छ । बैंकले ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो । 

उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका १ अर्ब १० करोडले हुन आउने ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।  उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने यस ऋणपत्रमा पाईने ब्याजदर १०.५० प्रतिशत रहेको छ । 

 बैंकले ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved