५ अर्बको ऋणपत्र निष्काशन गर्दै ग्लोबल आइएमई बैंक, ११.२५ प्रतिशत ब्याज दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2023 | 08:40:38 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र  निष्काशन गर्ने भएको छ  । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले १ हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने तयारी गरेको हो । ५० लाख कित्ता मध्ये ३० लाख कित्ता निजि तबरबाट बिक्रि गरिने र बाँकि २०  लाख  कित्ता आम सर्बसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन हुने छ । २० लाख कित्ता मध्ये १ लाख कित्ता सामुहिक लगानी कोष योजनाको लागि छुट्याईएकोमा ति योजनाहरुबाट ७० हजार कित्ताको लागि मात्र माग आएको बैंकले जनाएको छ । सोहि कारण ति योजनाहौरलाई छुट्याएर बाँकि रहेको ३० हजार कित्ता सहित सर्वसाधारणलाई १९ लाख ३० हजार कित्ता ऋणपत्र निष्काशन हुने बैंकले उल्लेख गरेको छ ।

 ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ  । ऋणपत्रमा छिटोमा फागुन ३ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

बैंकले ऋणपत्र निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved