नेप्सेमा निफ्राको ऋणपत्र सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 12:43:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको ऋणपत्र सुचिकृत भएको छ । आज बैंकको २२ लाख ८९ हजार ८ सय १३ कित्ता निफ्रा उर्जा ऋणपत्र सुचिकृत भएको हो

ऋणपत्र सुचिकृत भएसँगै आगामी आइतबारबाट यस ऋणपत्रको कारोबार सुरु हुने छ । ऋणपत्रको कारोबार NIFRAUR85/86 सिम्बलबाट हुने छ  । 

 बैंकले मङ्सिर २९ गतेदेखि  पुस १४ गतेसम्म ऋणपत्र निष्काशन गरेको थियो ।  ७ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

 नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत  पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो । सोहि अनुसार बैंकले उर्जा ऋणपत्र निष्काशन गरि नेप्सेमा सुचिकृत गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved