
एनएमबि बैंकले चैत्र २१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।
बैंकले १ हजार अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने तयारी गरेको हो । ४० लाख कित्ता मध्ये २४ लाख कित्ता निजि तबरबाट बिक्रि गरिने र बाँकि १६ लाख कित्ता आम सर्बसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन हुने छ । १६ लाख कित्ता मध्ये ८० हजार कित्ता सामुहिक लगानी कोष योजनाको लागि छुट्याईएकोमा ति योजनाहरुबाट ४५ हजार कित्ताको लागि मात्र माग आएको बैंकले जनाएको छ । सोहि कारण ति योजनाहरलाई छुट्याएर बाँकि रहेको ३५ हजार कित्ता सहित सर्वसाधारणलाई १५ लाख ५५ हजार कित्ता ऋणपत्र निष्काशन हुने बैंकले उल्लेख गरेको छ ।
१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्रमा छिटोमा चैत्र २४ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो बैशाख ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
बैंकले ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।