ऋणपत्र निष्कासन गर्न आईसीएफसी फाइनान्सद्वारा धितोपत्र बोर्डमा निवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2024 | 12:30:31 PM मा प्रकाशित

आईसीएफसी फाइनान्सले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले गत असार १८ गते ऋणपत्र निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ जारी गर्ने तयारी गरेको छ। जसअनुसार कम्पनीले १ हजार रुपैयाँ दरका कुल ३ लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ।

कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १ लाख २० हजार इकाई सार्वजनिक निष्कासन गर्नेछ।

 ७ वर्षे अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved