प्राइम कमर्शियल बैंकले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2024 | 05:39:43 PM मा प्रकाशित

laxmi sunrise bank

प्राइम कमर्शियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त कार्यका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल  छ ।  

सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । कम्पनीले वार्षिक ८ प्रतिशत ब्याजदरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्न तयारी शुरु गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved