सांग्रिला डेभलपमेन्ट बैंकबाट खल्तिमा पैसा लोड गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 05:18:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे बिच खल्ती (डिजीटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको  रकम खल्तिमा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यो सेवा बैंकका शाखा काउन्टरबाट डिपोजिट फर्म भरेर पनि लिन सकिन्छ । 

सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट कम्पनीका निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरेका छन् ।

बैंकले देशभर रहेका ८५ वटा शाखाबाट ग्राहर्कलाई सेवा प्रदान गरिरहेको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved