
सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषन कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको रकम बैंकको देशैभरी रहेका शाखा कार्यालयबाट सहज तथा सरल रुपमा प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर बाट कम्पनीका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।
बैंकले देशभर रहेका ८५ वटौ शाखाहरुबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।