एनएमबि बैंकसंग मर्जरको प्रकृयामा रहेको ओम डेभलपमेन्ट बैंकले १२ औं बार्षिक साधारणसभा आब्हान गरेको छ। बैकको १६९ औं संचालक समितिको बैठकले यहि साउन २७ गतेलाई पोखराको होटल पोखरा ग्रांडीमा साधारणसभा डाकेको छ।
साधारणसभाको मुख्य एजेन्डामा आर्थिक बर्ष २०७४/०७५ को वित्तीय विवरण स्वीकृत गर्ने, आर्थिक बर्ष ७५/७६ को लागि अडिटर नियुक्त गर्ने, एनएमबि बैंकसंगको मर्जर प्रकृयालाई अन्तिम रुप दिने रहेको छ।
त्यस्तै एजेन्डामा एनएमबि बैंकसंगको मर्जरको लागि डीडीए प्रस्तुत गर्ने, सेयर स्वाप स्वीकृत गर्ने, आगामी पांच बर्षको लागि व्यवसायिक योजना र प्रक्षेपण गर्ने समेत रहेको छ। स्वाप अनुपात स्वीकृत गर्ने भनीएपनि बैंकले कति स्वाप हुने भन्नेबारे कुनै सार्वजनिक सूचना निकालेको छैन। यद्दपी एनएमबि बैंक स्रोतले दिएको जानकारीअनुसार ओमको स्वाप प्रति कित्ता ७६ कायम भएको छ। अर्थात ओम डेभलपमेन्ट बैंकको १०० कित्ता सेयर हुनेले मर्जर पश्चात बन्ने एनएमबि बैंकको ७६ कित्ता पाउनेछन।
२०७५ भदौ ३ गतेदेखि बुक क्लोज रहेकाले २०७५ भदौ २ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन पाउनेछन। बैंकले अघिल्लो आर्थीक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १२.७० प्रतिशत लाभांश यसअघि नै रद्द गरिएको छ। जेठ २ गते एनएमबी बैंकसँग मर्जमा जाने सम्झौता गरेको बैंकले सम्झौतको बुँदा नंम्बर २७ लाई कारण देखाउँदै प्रस्तावित बोनस रद्ध गरेको हो । मर्जर सम्झौताको २७ नं.बुँदामा मर्जर पछाडी संयूक्त रुपमा साधारणसभा आयोजन गरि कायम रहेका शेयरधनीलाई आर्थिक वर्ष ७५/०७६ को मुनाफाबाट समान रुपमा लाभांश बाड्ने सहमति रहेको ओमले नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ ।