सांग्रिलाका ग्राहकलाई एक्स्ट्रिम ब्राण्डका हेभी ईक्यूपमेन्ट खरिदमा ७० प्रतिशतसम्म कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 09:17:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङ्गबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्गका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार बैंकका ग्राहकले भारतको प्रसिद्ध इस्कार्ट कम्पनीको एक्स्ट्रिम ब्राण्डका वैकहो लोडर तथा हेभी ईक्यूपमेन्टको आधिकारीक बिक्रेता द हबि ट्रेडिङ्बाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा खरिद रकमको अधिकतम ७० प्रतिशत सम्म कर्जा सम्बन्धि सेवा  प्राप्त गर्नेछन।

यस सेवा अन्तर्गत ग्राहकले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने बैंकका नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशीले जानकारी दिएका छन।   






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved