डेभलमेन्ट बैंकर्स संघको बैठक बस्दै, के होला भद्र सहमति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 08:56:53 AM मा प्रकाशित

laxmi  sunrise bank

विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स संघले कार्यसमिति बैंठक बोलाएको छ । संघले पछिल्लो बैंकिङ घटनाक्रम, राष्ट्र बैंकको सर्कुलर लगायतका बिषयमा समिक्षा सहितको औपचारिक धारण बनाउन बैंठक बोलाएको हो ।

राष्ट्र बैंकको परिपत्र सँगै विकसित पछिल्लो अवस्था र अबको रणनीतिको विषयमा छलफल गर्न बैंठक बोलाईएको संघले जनाएको छ । संघले सम्पूर्ण सदस्य नभएर कार्यसमिति सदस्यको मात्र बैठक बोलाएको कार्यसमितिका एक सदस्यले जानकारी दिए । बैंठक मध्यान्न १२ बजे एशोशिएसनको कार्यलयमा बस्ने बताइएको छ ।

बाहिर चर्चा भए जस्तो ब्याजदरको भद्र सहमतिको विषयमा भने अहीले नै निर्णय हुने अवस्था नरहेको ति सदस्यले बताए । बैंकर्स संघले भद्र सहमतिको विषयमा कुनै निर्णय नगरेकोले विकास बैंकमा के हुन्छ भन्ने अवस्था नरहेको उनको भनाई छ । यद्यपी वाणिज्य बैंकले भद्र सहमति खारेज गरेमा विकास बैंकले पनि वाध्य भएर खारेज गर्नुपर्ने उनको भनाई छ । हाल राष्ट्रिय स्तरका विकास बैंकहरुले बाणिज्य बैंकको भन्दा ०.५ प्रतिशत बढी र क्षेत्रिय स्तरका विकास बैंकले त्यसमा ०.५ प्रतिशत समम थप गरेर ब्याज दिन पाउने भद्र सहमति रहेको छ ।

नेपाल राष्ट्र बैंकले गत सोमबार एक परिपत्र जारी गर्दै कर्जा र निक्षेप विचको ब्याजदर अन्तर गणना विधिमा परिमार्जन गरेको थियो भने बीमा पोलिशि विक्रिमा रोक लगाएको थियो । राष्ट्र बैंकको यस्तो ब्यबस्थाले बैंकको मुनाफामा २५ प्रतिशत सम्मको संकुचन आउन बताइएको छ । राष्ट्र बैंकको परिपत्र सँगै बाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसनले गत बुधबार पुर्ण बैंठक बोलाउँदै नयाँ ब्यवस्था असान्दर्भिक रहेको निष्कर्ष निकाल्दैं यसमा तत्काल नै पुर्नविचार गर्न राष्ट्र बैंकलाई आग्रह गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved