महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम संचालन गरेको छ। बिभिन्न शाखा मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका काम गर्दै आएको महालक्ष्मीका महाराजगंज र तुलसीपुर शाखाले छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यक्रम संचालन गरेको छ।
महाराजगंज शाखाले महाराजगंजदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेको छ भने तुलसीपुर शाखाले दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि शनिबारका दिन नै वृक्षारोपण गरेको छ।