तिनाउँ मिसनको एकीकृत कारोबार सुरु, गभर्नरले भने, 'राष्ट्रिय स्तरको भएको हेर्ने चाहना'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 09:06:04 PM मा प्रकाशित

laxmi  sunrise bank

तीन जिल्ला कार्यक्षेत्र भएको मिसन डेभलपमेण्ट बैंक Mission Development Bank Limited  र तिनाउ विकास बैंक Tinau Development Bank Limited ले तिनाउ मिसन डेभलपमेण्ट बैंकले भदौ ८ देखि  विधिवत रुपमा रुपमा एकिकृत कारोबार गरेका छन।

एकीकृत कारोबारको उद्घाटन अवसरमा नेपाल राष्ट्र बैकका गभर्नर ड़ा चिरिन्जवी नेपालले तिनाउ मिसनलाई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा देख्ने चाहना आफ्नो पनि भएको बताउँदै त्यसका लागि आफूले पूर्ण रुपमा सहयोग गर्ने  बताए।

यस अवधिमा तिनाउँ मिसनको अधिकृत पुंजी ३ अर्ब, जारि पुंजी एक अर्ब १४ करोड र चुक्तापुंजी १ अर्ब १४ करोड ४१ लाख रहेको छ। त्यस्तै जगेडा तथा अन्य कोषमा २६ करोड रहेको छ। 

यस अवधिसम्ममा बैंकले १० अर्ब २० करोड निक्षेप संकलन गरि ८ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको संचालन मुनाफा १९ करोड ७६ लाख र खुद मुनाफा १२ करोड ५६ लाख छ। 

बैंकले ३९ वटा शाखा सञ्जाल मार्फत करिब एक लाख सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। बैंकको बुटवलमै प्रधान कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकसँगको एक्विजिशन प्रक्रिया अगाडी बढिसकेकाले बैंक थप मजवुत भई राष्ट्रिय स्तरको बैंकको रुपमा छिट्टै स्थापित गर्न सक्ने देखिन्छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved