गरिमाका मोरङ र इनरुवाको शाखा संचालनमा, थप १५ शाखा स्थापनाको तयारि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 09:35:45 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेड Garima Bikas Bank Limited  ले मोरङ र इनरुवाको नगरपालिकामा आफ्नो शाखा संचालनमा ल्याएको छ। बैंकले मोरङ नगरपालिका ७ र इनरुवा नगरपालिका १ मा आफ्नो शाखा संचालनमा ल्याएको हो। 

संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने भएकाले आफुहरुले सेवा प्रवाह संगसंगै संस्थागत सुशासनलाई समेत महत्व दिएको बैंकका अध्यक्ष चन्द्रकान्त बरालले बताएका छन।    

सोहि अवसरमा ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए।  

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमाले हाल काठमाण्डौं उपत्यकाभित्र ८ सहित देशभर ८० शाखाहरु र ३५ वटा एटीएम मार्फत आफ्ना ग्राहकलाई बैंकिंङ सेवा प्रदान गर्दै आएको छ। गरिमा निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्ने तयारिमा रहेको बैंकका वजारिकरण-अनुशन्धान तथा अशुली विभाग प्रमुख भक्त वहादुर केसीले जानकारी दिएका छन। विकास बैंकले २०७६ भाद्र १२ गतेसम्ममा ३ अर्ब निक्षेप संकलन गरी २९ अर्ब कर्जा लगानी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved