महालक्ष्मीका सेवाग्राहीलाई नेपाल क्यान्सर अस्पतालमा उपचारमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 09:20:33 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचार गराउने उदेश्यले नेपालक्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसंग एक सम्झौता गरेको छ। सो सम्झौतापत्रमा बैंकका तर्फबाट कृष्णराज लामिछाने र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदीपश्रेष्ठले हस्ताक्षर गरेका छन। 

सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले नेपालक्यान्सर अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन। 

त्यस्तै बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा दश प्रतिशत,  रेडियसन थेरापी र बीचथेरापीमा पांच प्रतिशत तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा दश प्रतिशत आकर्षक छुट प्राप्त गर्नेछन।  

देशभरका ९९ शाखा मार्फत आफ्ना ग्राहकलाई बैंकिंग सेवा प्रदान गर्दै आएको महालक्ष्मीले आगामी दिनमा अस्पतालसंग स्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति समेत गरेको छ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved