बिस्तार हुँदै कामना सेवा, मर्जर र प्राप्तिको विकल्प खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 01:53:48 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले चालु आर्थिक वर्षमका पनि सेवा विस्तारलाई नै प्राथमीकता दिने भएको छ। काठमाडौं उपत्यकामा आफ्नो सेवालाई बलियो बनाउँदै प्रदेश ३, ४ र ५ का विभिन्न भागमा थप २७ शाखा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ।  

कामना सेवा विकास बैंकको हाल ९८ वटा शाखा कार्यलय रहेको र चालु आर्थिक वर्षमा १२५ वटा पुर्याउने लक्ष्य लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बिजपाटीलाई बताए। चालु आर्थिक वर्षमा खोल्न लागेको २७ वटा शाखा मध्ये १२ वटा शाखा काडमाडौं उपत्यकामा नै खोल्ने उनको भनाई छ। त्यसमध्ये ८ वटा शाखाको लागि राष्ट्र बैंकको स्वीकृति लिइसकेको र थप ४ वटाको लागि लिने प्रकृयामा रहेको उनले बताए । 

बैंकले उपत्यकाममा काडमाडौंको बौद्द, चपली, बालाजु र कुलेश्वर र ललितपुरको सानागाउँ, कुमारीपाटीलगायतका स्थानमा शाखा खोल्ने तयारी गरेको छ। उपत्यका बाहीर चितवनमा क्षेत्रमा थप ४ वटा, ५ वटा बुटवल क्षेत्रमा र ४ वटा पोखरा क्षेत्रमा पनि शाखा खोल्ने योजना रहेको छ।

बैंकले चालु आर्थिक वर्षमा एटीएम बुथको संख्या ५० वटा पुर्याउने लक्ष्य लिएको छ। यस्तै ग्रा्कहरुलाई डिजिटल फाइनान्समा जानकारी गराउने कार्यक्रमलाई बैंकले प्राथमीकतामा राखेको छ। यसको लागि बैंकले कन्जुमर केयर डेक्स नै स्थापना गरेको छ। 

'बैंकहरुले सुविधा ल्याउँछन तर त्यसको पर्याप्त जानकारी नै  हुदैन' सीईओ बस्नेतले भने ‘जानकारी बीना कसरी प्रयोगकर्ता बढ्छ’। ग्राहकहरुलाई प्रविधिको प्रयोग गर्न सिकाउने उदेश्यले छुट्टै विभाग स्थापना गरेको उनले बताए। 

यसलाई चालु आर्थिक वर्षबाट वृहत रुपमा अगाडी बढाउने बैंकको योजना रहेको छ । बैंकले चालु आर्थिक वर्षको अन्य सम्ममा निक्षेप ३५ अर्ब र कर्जा ३२ अर्ब पुर्याउने लक्ष्य लिएको र सोही अनुसार अगाडी बढेको छ। 

बैंकले तत्कालै मर्जरमा जाने योजना भने नबनाएको सीईओ बस्नेतको भनाई छ। यद्यपी उत्कृट १० बाणिज्य बैंकबाट राम्रो प्रस्ताव आएमा त्यसमा  सोच्न सकिने उनी बताउँछन। यस्तै अन्य बैंकबाट प्रस्ताव आएमा कामना सेवाले नै लिड गर्ने गरि मर्जमा जान सकिने उनको भनाई छ । साना विकास बैंक र फाइनान्स कम्पनीलाई भने बैंकले गाभ्ने बाटो खुल्ला राखेको पनि उनले स्पष्ट पारे।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved