सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सामुदायिक प्रहरी सेवा क्रेन्द्रलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 12:09:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड Shangrila Development Bank Limited  ले सामुदायिक प्रहरी सेवा क्रेन्द्र नक्साल र टुँडालदेवीलाई जनचेतनामूलक स्टिकर तथा पाम्प्लेटहरु छपाई गरी सहयोग प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको हो।  

टुँडालदेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट कर्पोरेट कम्युनिकेशन प्रमुख रवि केसीले महानगरिय प्रहरी परिसरका वरिष्ठ प्रहरी अधिकृत उत्तम राज सुबेदीलाई हस्तान्त्तरण गरे। 

उक्त सहयोगले “हर प्रहर, गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी“ भन्ने नारा र शान्तिपूर्ण सुरक्षित समाजको लागि समुदाय – प्रहरी साझेदारीको सबै नागरिक वर्गमा सूचना पुग्ने विश्वास बैंकले लिएको छ। 

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिएका छन।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved