यादवको गिरफ्तारीमा सहयोगी विकास बैंकको कुनै सम्बन्ध छैन: सीईओ खड्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 02:41:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर खड्काले दिपेन्द्र कुमार यादवको पक्राउमा बैंकको कुनै सम्बन्ध नभएको बताएका छन्। 

यादव आफ्नै व्यक्तिगत कारणले पक्राउ परेको र हाल उनि बैंकको संचालक समिति सदस्य समेत नरहेकाले उनको पक्राउमा बैंकको कुनै पनि बिषय नजोडिएको सीईओ खड्काले बिजपाटी डटकमलाई बताए। 

'उहाँ (दिपेन्द्र कुमार यादव) ले भदौ ३० गतेदेखि लागू हुनेगरी संचालक समिति सदस्य पदबाट दिएको राजिनामा बैंकले स्वीकृत गरिसकेको छ' खड्काले भने, 'अहिले उनि पक्राउ पर्नुको कारणमा बैंकसंग कुनै सम्बन्ध छैन।' 

यसअघि: सहयोगी विकास बैंकका सञ्‍चालक समिति सदस्य पक्राउ

नेकपाका नेता समेत रहेका यादव (दिपु) लाई प्रहरीले आज जनकपुरधाम ८ बलवा टोलस्थित उनकै निजी निवासबाट पक्राउ गरेको छ। किर्ते जालसाजी ठगी गरेको आरोपमा फरार यादवलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले पुष्टि गरेका छन।   

यादवलाई जनकपुरधाम १० का लालबाबु रौनियारको धितो राखिएको जग्गाको रकम चुक्ता फिर्ता नगरेका, जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा धनुषा प्रहरीले पक्राउ गरेको हो । वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादवकोमा धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए । केहि वर्षभित्रै सो ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरेपनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए ।

पीडित रौनियारको बर्दिवासस्थित रहेको ५ कठ्ठा जग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको स्रोतको दाबी छ। जिल्ला अदालत धनुषाले गत श्रावण १३ गते नै यादवलाई पक्राउ पूर्जी जारी गरेको थियो । तर उनी फरार थिए। यादव धनुषाको क्षेत्र नं. ३ (क) बाट प्रदेशसभामा नेकपाबाट चुनाव लडेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved