कामना सेवाका एकैचोटी ५२ शाखा विस्तार, अर्थमन्त्री र डेपुटी गभर्नरले गरे प्रशंसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 11:27:19 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकाश बैंकले बुधबार एक कार्यक्रमका बीच १३ औ वार्षिकोत्सव सम्पन्न गरेको छ । साथै बैंकले काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय उद्घाटन गर्नुका साथै देशका विभिन्न ५२ ठाउँमा ५२ शाखा विस्तार गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सफ्ट ओपनिङ गरी बैंकिङ कारोबार सञ्चालन गरेका ५२ वटा शाखा कार्यालयको समेत विद्युतिय माध्ययमबाट एकैसाथ औपचारिक उद्घाटन गरेका हुन्। उक्त उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडा तथा राष्ट्र बैंकका डेपुटी गवर्नर चिन्तामणि शिवाकोटीको उपस्थिति रहेको थियो।

अर्थमन्त्री डा. युवराज खतिवडाले कामना सेवाले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा अब्बल बैंक बन्न सफल भएकोमा बधाई दिंदै आगामी दिनमा देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए। त्यस्तै नेपाल राष्ट्र बैंकका कामु. गभर्नर शिवाकोटीले कामना सेवाको सबै सूचकाङ्कहरु हेर्दा अब्बल विकास बैंक मध्येको एक विकास बैंक भएको बताए। 

त्यस्तै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौं लगायत विभिन्न शाखाहरुमा बृहत रक्तदान कार्यक्रम, अन्तरप्रदेश फुट्सल प्रतियोगिता, बृद्ध बृद्धाहरुको निशुल्क आँखा जाँच तथा शल्यक्रियाको व्यवस्था, विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका परिवारका बालबालिकाहरुलाई स्कूल ब्याग तथा स्टेशनरी वितरण, बृक्षारोपण, सरसफाई, कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालय र काठमाडौं स्थित प्रेम सागर फाउण्डेसनको “जनभोजन” कार्यक्रमको लागि आर्थिक सहयोग प्रदान गर्नुका साथै विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । 

साथै, सोही अबसरमा न्यून आय भएका परिवारका बालबालिका लागि पोषण युक्त खाना खुवाउने काम गर्दै आएको सामाजिक संस्था 'फुड फर लाइफ नेपाल' लाई बैंकका कर्मचारीहरुका तर्फबाट “प्रति दिन १ रुपैयाँ” योजना अन्तर्गत प्रदान गरिएको एकमुष्ट १ लाख १२ हजार ९० रुपैयांको चेक हस्तान्तरण गरिएको थियो । 

बैंकको देशभर १०३ शाखा भएका छन् । बुधबार उद्घाटन गरेका शाखाहरुमा प्रदेश एकमा तीन, प्रदेश २ मा ११, प्रदेश तीनमा १०, गण्डकी प्रदेशमा ६, प्रदेश पाँचमा ७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा ४ शाखा रहेका छन् । बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved