सांग्रिलाका ग्राहकलाई होटलसेवामा १० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 11:54:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्दार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच एकअर्काका ग्राहकलाई सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्दार्थ ग्रुपका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन। 

सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकलाई सिद्दार्थ ग्रुप अन्तर्गतका देशभर संचालनमा रहेका होटल तथा रेष्टुरेन्टमा १०% सम्मको छुट मिल्नेछ। बैंकले हाल आफ्ना ८७ वटै शाखा कार्यालयबाट आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिंग सेवा प्रदान गर्दै आएको छ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved