मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ चोरिएको पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 06:13:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली हस्ताक्षर र कागजातको प्रयोग गरि अर्को एक विकास बैंकबाट पनि दश लाख रुपैयाँ कारोबार भएको पाइएको छ। यद्दपी चोरी भएको १९ लाख भित्रैको पैसा हो वा छुट्टै हो भन्नेबारे यकिन भईनसकेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

काठमाडौं प्रहरीका डीएसपी तथा परिसरका प्रवक्ता होविन्द्र बोगटीकाअनुसार कारोबार भएको उक्त दश लाख जनता बैंकबाट नै झिकिएको मध्येको हो वा छुट्टै हो भन्ने अहिले यकिन भईसकेको छैन। 

प्रहरी परिसरले बुधबार ६ जनालाई सार्वजनिक गर्दै १९ लाख ९ हजार रुपैयाँ चोरी भएको जानकारी गराएको थियो। आइतबार चोरिएको १९ लाख बढी रकम जनता बैंकका खातावाल गोपालमान राजवाहकको भएको प्रहरीले पुष्टि गरिसकेको छ।      

प्रहरीले आइतबार रातिदेखि चलाएको अपरेशनमा काभ्रेका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरे पक्राउ परेका छन।

उनीहरुको साथबाट बरामद चेक बुकबाट भएको कारोबारबारे जानकारी माग्दै प्रहरीले बैंकलाई पत्राचार गरेको थियो । अन्य बैंकले भने पत्रको जवाफ फर्काइसकेका छैनन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved