शाइन रेसुङ्गा अबदेखि राष्ट्रिय स्तरको विकास बैंक, 'आफ्नै ब्राण्डमा ठुलो बन्ने योजना'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2019 | 03:31:30 PM मा प्रकाशित

laxmi  sunrise bank

२०६५ सालमा रुपन्देही जिल्लाको बुटवलमा केन्द्रिय कार्यलय रहेर ३ जिल्ले विकास बैंकको रुपमा स्थापना भएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited ले आजबाट राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोबार सुरु गरेको छ। बैंकले ४ वटा अन्य साना विकास बैंकहरुलाई मर्जर तथा प्राप्ति गरिसकेको  छ।

बैंकले स्थापना भएको ४ वर्षपछि २०६९ सालमा गुल्मी जिल्लाको रेसुङ्गा डेभलपमेन्ट बैंकलाई मर्जर गरेपछी शाइन रेसुङ्गाको नामबाट १० जिल्ले विकास बैंकको रुपमा कारोबर सुरु गरेको थियो । यस्तै बैंकले २०७३ सालमा प्युठानमा एक जिल्ले कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई पनि मर्जर गराएको थियो भने गत २०७६ असोज २७ गतेदेखि रुपन्देहीको भैरहरुमा केन्द्रिय कार्यलय रहेको ३ जिल्ले पुर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रिय कार्यलय रहेको भागर्व विकास बैंकलाई एक्वायर गरि एकिकृत कारोबार सुरु गरेको थियो ।

बैंकले पुर्णिमा विकास बैंक र भागर्व विकास बैंकलाई एक्वायर गरेर एकिकृत कारोबार सुरु गरेसँगै नेपाल राष्ट्र बैंकमा राष्ट्रिय स्तरको लाइसेन्सको लागि आवेदन दिएको थियो । राष्ट्र बैंकले बैंकलाई राष्ट्रिय स्तरको विकास बैंकको लागि स्वीकृत दिएसँगै आज अथात् २०७६ मंसिर २६ गते ओपचारीक रुपमा राष्ट्रिय स्तरको शाइन रेसुङगा विकास बैंकको नामबाट कारोबार सुरु गरेको छ। भने बैंककहरु प्रमुख कार्यकारी अधिकृतको सरुमा प्रकाश पौडेल रहेका छन । 

बलियो भनिएका राष्ट्रिय स्तरको विकास बैंकहरु धमाधम अन्य वाणिज्य बैंकहरुमा विलय भइरहँदा तपाईहरुले राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोबार सुरु गर्दै हुनुहुन्छ कतिको चुनौति देख्नुभएको छ भन्ने प्रश्नमा पौडेल भन्छन् ‘चुनौति पक्कै पनि हुन्छ तर अहीलेको शाइन रेसुङगा डेभलपमेन्ट बैंक भनेको ५ वटा फरक फरक स्थानको विकास बैंकहरु मिलेर बनेको बैंक हो। पाँचवटै बैंक प्रदेश नम्बर ५ कै मिलेर बनेको हुनाले अहीले प्रदेश नम्बर ५ कै अग्रणी बैंकहरु रुपमा शाइन रेसुङ्गा बैंक रहेको छ । अहीलेको नेशनल लेभलको डेभलपमेन्ट बैंकमा शाइन रेसुङ्गाको पोजीशन, इन्डीकेटरहरु, विजेशनको साइज, क्यापीटल फण्डको अवस्था धेरै राम्रो छ । त्यसैले हामी अहीले नै मजबुत अवस्थामा छौं हामीले काठमाडौंमा केन्द्रिय कार्यलय नभएर बुटवलमा नै केन्द्रिय कार्यलय राखेर जाने हो । बैंकको शाखा कार्यलयहरु बैंकिङ ग्रोथ भइरहेको ठाउँमा रहेको र बैंकिङ पहुँच पर्याप्त भएको ठाउँमा शाखा नभएकोले अहीको बैंकिङ र अर्थतन्त्रमा प्रतिस्पर्धा गर्न केही चुनौति होला तर गाह्रो भने पक्कै छैन ।’

बैंकको उदेश्य राष्ट्रिय स्तरको भएर अझै वृहत नेटवर्कको साथ काम गर्न रहेको पौडेलको भनाई छ। अधिकांश ग्रामिण भेगमा समेत वाणिज्य बैंक पुग्नुको साथै बाणिज्य बैंकले पनि एसएमइई कर्जालाई प्राथमीकतमा राखेको अवस्थामा बाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न गाह्रो होला भन्ने प्रश्नमा पौडेल भन्छन ‘शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बैंकिङ क्षेत्रकै कम प्रतिस्पर्धात्मक आधार ब्याजदर भएको बैंक हो, बैंकिङ क्षेत्रकै राम्रो ग्राहक बेस रहेको छ, बैंकले ग्राहकको बिश्वास जितिसकेको छ, त्यसैले अहिलेको अवस्थामा विकास बैंकसंग मात्रै नभई सम्पुर्ण बैंकिङ क्षेत्रसँग नै प्रतिस्पर्धा गर्न राष्ट्रिय स्तरमा गएको हो'। 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक कुनै पनि वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको पौडेल दाबी गर्छन। बुटवलमै तिनाउ मिसन अर्को बलियो र प्रतिस्पर्धी विकास बैंक बनेको छ । यसले शाइलाई चुनौति थपेको छैन भन्ने प्रश्नमा पौडेल भन्छन ‘कुनै पनि एउटा बैंक मात्रै अर्को बैंकको प्रतिस्पर्धी नभएर त्यो क्षेत्र नै उसको प्रतिस्पर्धी हो ।’ शाइन रेसुङ्गाको विजनेश हब पनि प्रदेश ५ लाई नै बनाउने र बुटवलमा केन्द्रिय कार्यलय रहने पौडेलले बताए। 

उनले भने ‘ बुटवल देशको मध्य भागमा रहेको शहर हो, कर्णाली प्रदेश, सुदुपश्चिम प्रदेशमा बैंकको नेटवर्क छैन, अब हाम्रो उदेश्य यि दुई प्रदेशमा शाखा स्थापना गर्ने रहन्छ ।’ यस्तै काठमाडौं उपत्यकामा पनि अब नेटवर्क विस्तार गर्ने बैंकको उदेश्य रहेको पौडेलको भनाई छ । अरु बैंकसँग प्रतिस्पर्धा विकास गर्ने भन्दा पनि अफै क्षमता विस्तार गर्ने बैंकको उदेश्य रहेको उनले बताए । 

पछिल्लो समय बलियो विकास बैंक नै मर्जरमा गइरहेको देखिन्छ, शाइनको अबको रणनीति के हन्छ भनेर प्रश्नमा सबल सक्षम र इथिकल बैंकिङ गरेर नै १० वर्ष यहाँ पुगेको भन्दै पौडेलले भने, ‘पक्कै पनि भोलि बैंकिङ उद्योगमा प्रतिस्पर्धा गर्न पुँजी बढाउनु पर्ला, अझै ठुलो बैक बन्नु पर्ला, समय र अर्थतन्त्रले खोज्ने कुरा हो, त्यसैले भोलिको माग अनुसार बैंक हरेक विकल्पमा खुल्ला रहेको छ ।’ यद्यपी  शाइन रेसुङ्गाले आफ्नो ब्रान्डलाई गुमाउने भन्दा अझै स्थापीत गर्ने गरी अगाडी बढ्ने उनको दाबी छ । 

हाल शाइन रेसुङगा डेभलमेन्ट बैैंकले बुटवलमा केन्द्रिय कार्यलय रहेर विभिन्न ७१ वटा शाखा कार्यलय तथा २ वटा एटीएम नेटवर्क मार्फत आधुनीक बैंकिङ सेवा प्रदान गरीरहेको पौडेलले बताए । ४ अर्ब माथि प्राथमीक पुँजी रहेको बैंकको चुक्ता पुँजी २ अर्ब ६२ करोड रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषण गर्न बाँकी नै रहेको छ ।  २ लाख भन्दा माथि गा्रहकबाट करिब २७ अर्ब निक्षेप संकलन गरेर २४ अर्ब भन्दा माथि कर्जा लगानी गरेको कार्यकारी प्रमुख पौडेलले जानकारी दिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved