कामना सेवाको १०८औं शाखा बाग्लुङ्गको हल्लनचोकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 12:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेड Kamana Sewa Bikas Bank Limited ले प्रदेश नं ४ अन्तर्गत बाग्लुङ्गको बाग्लुङ्ग नगरपालिका वडा नं ०३ स्थित हल्लनचोकमा आफ्नो १०८औ  शाखा संचालनमा ल्याएको छ। 

बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन्। कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उद्दोग वाणिज्य संघका अध्यक्ष युवराज राज भण्डारी ,समाजसेवी बलावति शर्मा ,गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति थियो। 

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०८ वटा शाखा तथा ५७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved