मुक्तिनाथ बिकास बैंकका अध्यक्षमा भरत ढकालले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 03:43:13 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का सञ्चालकले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको १३ औँ वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि चयन गरेका सञ्चालकहरुले सपथ लिएका हुन् ।

संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मानश्रेष्ठ र रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्र सञ्चालकमा चुनिएका थिए । सञ्चालकहरुको पहिलो बैठकले बैंकको स्थापना देखि १२ वर्ष सम्म प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई अध्यक्षमा चयन गरेको छ । 

ढकालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीबाट सपथ लिएका हुन् । लगत्तै अन्य सञ्चालकहरुलाई अध्यक्ष ढकालले सपथ ग्रहण गराएका छन् । बैंकले हाल ४२ जिल्लामा १३४ शाखामार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved