मुक्तिनाथ रेमिटका विजेतालाई पुरस्कार वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 01:10:39 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited अन्तर्गतको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी संचालन गरेको ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियानका बिजेतालाई पुरस्कार वितरण गरेको छ। रेमिटले भदौ १ देखि कात्तिक ३० सम्म संचालनमा ल्याएको उक्त अभियानका ७६ विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरेको हो।   

यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने मध्यबाट बिजेता छनौट गरिएको हो।  

७६ पुरस्कारहरुमध्ये २५ जनालाई Bluetooth Speaker, २० जनालाई Pressure कूकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ इन्चको टिभी सेट, ५ जनालाई फ्रिज, ३ जनालाई ल्यापटप र एक जनालाई स्कुटर वितरण गरिएको बैंकले जनाएको छ। भाग्यशाली विजेताहरुको घोषणा २०७६ मंसीर १५ गते आईतबार ३ बजे विकास बैैंकको फेसबुक पेज मार्फत गरिएको थियो। बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved