
 2mb (1).gif)
महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले विद्यालयलाई खेलकुद सामाग्री र अपाङ्गता मैत्री फर्निचर हस्तान्तरण गरेको छ । बैंकको दरबारमार्ग शाखाले नक्साल स्थित नन्दी माध्यामिक विद्यालयका विद्यार्थीको लागि बास्केटबल कोर्ट, टेबल टेनिस बोर्ड लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।
त्यस्तै, बैंकको तीनचुली शाखाले काठमाडौ महानगरपालिका –७ स्थित श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालयलाई अपाङ्गता मैत्री फर्निचर हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
कार्यक्रमहरुमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी, बैंकका कर्मचारी, विद्यालयका संरक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।