मुक्तिनाथका १८ शाखाको डिजिटल उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 04:21:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले एकैसाथ १८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले १४ औं बार्षिकोत्सवको अवसरमा डिजिटल माध्यमबाट ती शाखहरुको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो ।

बैकका अनुसार काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल शाखाको डिजिटल माध्यमबाट उद्घाटन गरिएको हो । तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी, झापाको काँकरभिट्टा, इलाम, धनकुटा र सुनसरीको दुहवी शाखाको बैंकका अध्यक्ष भरत राज ढकालले उद्घाटन गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved