मुक्तिनाथ विकास बैंकद्वारा लघुबैंकिङ्ग सदस्यको कर्जा मिनाहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2020 | 05:26:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले लघुबैंकिङ्ग कार्यालयका सदस्यको  ऋणको भुक्तानी गरेको छ । बैंकको दमौलीस्थित लघुबैंकिङ्ग कार्यालयमा सदस्य रहेकी मोहोनी माया थापा मगरको मृत्यु भएपछी उनका श्रीमान भूपाल थापा मगरलाई रकम भुक्तानी गरेको हो । 

बैँकका दमौली शाखाका प्रमुख उदयराज तिमिल्सिना, लघुवैकिङ्क प्रमुख ध्रुवराज घिमिरे,वडा सदस्य सुर वहादुर थापाले संयुक्त रुपमा  भुक्तानी साँवा र ब्याज बापतको रकम मगरलाई दिएका छन्  ।

उनलाई साँवा र ब्याज बापतको रकम चौउन्न हजार दुई सय अठहतर  र काज किरिया खर्च बापतको रकम पाँच हजार समेत गरी जम्मा उन्नसाठी हजार दुई सय अठहतर रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ । त्यसैगरी तिर्न बाँकी रहेको कर्जा दुई लाख एघार हजार चार सय चालिस रुपैयाँ समेत मिनाहा गरेको जनाइएको छ ।


                                      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved