
 2mb (1).gif)
महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले बिहिबार विद्याश्रमलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक मोतीलाल बोहोरालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने हेतुले सहयोग गरेको बैंक जनाएको छ ।