गण्डकी विकास बैंक Gandaki Bikas Bank Limited ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा सहयोग गरेको छ । बैंकले नवलपरासीको कावासोती नगरपालीका १३ स्थित कालीका प्राथमिक बिद्यालयका १२५ जना निम्न बर्गका छात्र छात्राहरुकालागि स्वीटर, झोला एवं स्टेसनरी सामाग्रीहरु वितरण गरेको हो ।
नगरपालिकाका वडा अध्यक्ष बिनोद राना मगर र बैंकका सञ्चालक पद्य प्रसाद पौडेलले संयुक्त रुपमा विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् ।