कैलाश विकास बैंकद्धारा डष्टविन वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 06:08:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंक Kailash Bikas Bank Limited  ले डष्टविन वितरण गरेको छ । बैंकले पोखरा महानगरपालीका वडा नं. १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्नका लागि डष्टविन वितरण गरेको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा र स्वच्छ राख्नका लागि डष्टविन वितरण गरेको प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए । बैंकले विहिबार चाँदनी टोल विकास संस्थाका अध्यक्ष ओम प्रसाद श्रीसलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । 

उक्त बैंकले निकट भविष्यमा प्राईम कमर्सियल बैंकसंग एक्विजिसन भई “क” वर्गको बैंक बाट सेवा प्रदान गर्ने बताएको छ ।

बैंकले हाल १०२ शाखा र ४१ ओटा एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved