कोरोना पुष्टि भए कामना सेवा विकास बैंकले ५० हजार दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 01:13:22 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस भन्ने उद्देश्यका साथ बीमा सुविधा सहितको उक्त खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

नेको इन्स्योरेन्ससंगको सहकार्यमा सञ्चालनमा ल्याएको उक्त खाता न्यूनतम मौज्दात पाँच हजारमा खोल्न सकिने बैंकले जनाएको छ । सुरक्षा बचत खाता खोलेका ग्राहकलाई कोरोना संक्रमण पिसिआर टेष्टद्धारा पुष्टिभएमा ५० हजार रुपैयाँ भुक्तानी दिने बैंकले जनाएको छ । 

बैंकको वेबसाईटबाटै अनलाईन माध्यमबाट उक्त खाता खोल्न सकिने जनाइएको छ ।

बैंकले १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved