लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited ले लकडाउनबाट प्रभावित ब्यक्तिहरुका लगि चामल वितरण गरेको छ । सप्तरीस्थित बैंकको रुपनी शाखाले रुपनी गाँउपालिकाकालाई ११ सय ८६ केजी चामल वितरण गरेको हो ।
सोना मन्सुलीको २५ केजीको ७१ बोरा र ११ केजीको एक बोरा चामल बैंकका रुपनी शाखा प्रबन्धक बिनोद थापाले गाउँपालिकालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।