मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 08:22:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले नियमित कारोबार गर्ने ग्राहकको मृत्यु भएको हुदा मृतक परिवारलाई सहयोग गरेको छ । बैंकले साना तथा लघु बैंकिङ विभाग अन्तर्गत बैंकमा नियमित रुपमा कारोवार गर्दै आएका सदस्याको मृत्यु तथा संरक्षकको मृत्यु र सदस्यको परियोजनामा आगलागी भई क्षतीभएको हुदा बैंकले कर्जा मिनाहा र काजक्रिया खर्च तथा राहत वितरण गरेको हो । 

बैंकका अनुसार बैंकको शाखाकार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिएका कैलीदमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिनुभएको कान्छी मर्हजनको निधन भएकोहुँदा निजले उपभोग गरेको कर्जाको साँवा र व्याज तथा काजक्रिया रकम क्रमश एक लाख आठ हजार ७१७ र एक लाख १४ हजार ८० रुपैयाँ मृतककै घरमागई प्रदान गरीएको छ । 

यसैगरी, बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानीखोलाकी दुर्गा भण्डारीको श्रीमानको असमायिक निधन र टोखा २, बानियाटारकी मैया बानीयाको श्रीमानको असमायिक मृत्यू भएको हुदा काजक्रिया खर्च वापतरु पाँचहजार रुपैयाँ प्रतिसदस्य राहत प्रदान गरिएको बैंकले जनाएको छ ।  

यसैगरी, बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिएकी राधाकृष्ण कार्कीले संचालनगर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भै क्षतिपुग्नगएको हुदा सदस्यको परियोजनाको स्थलगत निरिक्षण गरि राहत स्वरुपरु पाँचहजार रुपैयाँ राहत वितरण गरिएको जनाइएको छ ।

यसरी विभिन्न शाखा कार्यालयहरुबाट जम्मा दुईलाख २७ हजार सात सय ९७ कर्जा मिनाहा तथा राहतवितरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved