मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2020 | 01:10:05 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले मृतकको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । 

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत चितवनको पार्वतीपुरमा रहेको बैंककको शाखा कार्यालयबाट लघु कर्जा लिएका बिष्णुमाया दर्जीको मृत्यु भएको र उनले चुक्ता गर्नुपर्ने रकम बैंकले मिनाहा गरिदिएको जनाएको छ । 

बैंकले मृतकले लिएको बिनाधितो कर्जाको भुक्तानगर्न बाँकी रकम २२ हजार ४९९ रुपैयाँ तथा भुक्तान गरीसकेको साँवा र ब्याज रकम दुइ लाख तीन हजार ४८३ रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको जनाएको छ । त्यस्तै काजक्रिया खर्च बापतको रकम पाँच हजार रुपैयाँ बैंकको पार्वतीपुर शाखाका प्रमुख सन्तोष तिवारी र साना तथा लघु बैंकिङ्ग डेस्क प्रमुख ढुण्डराजपौडेलले मृतककी छोरी विनिता दर्जीलाई हस्तान्तरण गरेको जनाइएको छ । 

बैंकले समुहमा आवद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुका साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved