मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2020 | 01:41:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले विभिन्न संघ संस्थाहरुलाई आर्थिक तथा जिन्सी सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कायक्रम अन्तर्गत देशको विभिन्न स्थानका संघ संस्थाहरुलाई सहयोग गरेको हो ।

बैंकको शाखा कार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री खरिद गर्नकालागि ५० हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ । स्वास्थ्यकर्मीहरु कोरोनाभाइरस संक्रमितहरुसंग प्रत्यक्ष सम्पर्कमा रहदा संक्रमणको उच्च जोखिम हुने भएकोले स्वास्थ्य सामग्री खरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । यस्तै शाखा कार्यालय बुटवलले, सियारी गाँउपालिका वडा नं ६, बर्दहवा बुटवलमा रहेको दुर्गा देवी आधारभूत विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई ५० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ । त्यसैगरी, शाखा कार्यालय रामापुर कोलोनीले, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई टोल सफा राख्नकालागि डस्टवीन हस्तान्तरण गरेको जनाएको छ ।

यस्तै, क्षेत्रीय कार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समिति, कास्कीलाई भवन निर्माणकालागि २५ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको जनाएको छ । बैंकले जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन निर्माण गर्नकालागि सहयोग गरेको जानकारी दिएको छ । 

बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved